ठुला पार्टीप्रति जनताको विश्वास गुमिसक्यो, देशको नेतृत्व राप्रपाले गर्छ, राजेन्द्र लिङदेन

झापा।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाप्रति जनताको आस्था दिनप्रतिदिन बढ्दै गएकाले अव देशको नेतृत्व राप्रपाले गर्ने बताएका छन।

झापाको बिर्तामोडमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले ठूला पार्टीका नेताहरुविरुद्ध जनताले मुर्दाबादको नारा लाउन थालेको र नेतृत्वकर्ताहरू विभिन्न काण्डहरूमा फसेकाले जनताको विश्वास गुमाइसकेको जिकिर गरे।

प्रत्यक्ष निर्वाचन प्रणालिबाट प्रधानमन्त्रीको छनौट, संघियता खारेजी, भष्ट्राचार मुक्त समाज राप्रपाको मुख्य एजेण्डा रहेको र आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै उनले राप्रपाका कुनैपनि तहका नेता तथा कार्यकर्ता यस्ता गतिविधिमा संलग्न नरहने बताएका थिए।
२०६४ सम्म औलामा गन्न सकिने मात्रै कार्यकर्ता रहेको पार्टीको नेतृत्वप्रति जनताको आशा र भरोसा बढेर राप्रपाको सिद्धान्त स्थापित भइसकेकाले अव कसैले रोकेर राप्रपा नरोकिने र २०८४ पछि देशको नेतृत्व राप्रपाले गर्ने बताएका थिए।कार्यक्रमलाई सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओली,कोशी प्रदेश अध्यक्ष एवंम दमक नगरपालिकाका मेयर राम थापा, जिल्ला अध्यक्ष केशब ओझा , बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search