झापा।मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत २०८०/८१को पालिकास्तरिय उत्तर प्रसुती कार्यक्रमको वार्षिक समिक्षा हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
गर्भवती महिलालाई सुत्केरी भएको २४ घण्टा भित्र स्वास्थ्य संस्थामा पहिलो भिजिट, दोस्रो ३ दिन , तेस्रो ७ देखि १४ दिनमा घरभेट र चौथो ४२ दिनमा डिपिटी खोप लगाउन स्वास्थ्य संस्थामा नियमानुसार उत्तर प्रसुती सेवा उपलब्ध गराउने गरिन्छ।
मातृ तथा नवजात शिशुको स्वास्थ्यको ख्याल राख्दै प्रोटोकल अनुसार यि स्वास्थ्य सेवाहरू सबैले लिन आवश्यक रहेको छ।
यसैगरी हल्दिबारी गाउँपालिकाले ८ पटक स्वास्थ्य संस्थामा परिक्षण गरी आवश्यक मापदण्ड पुरा गरी प्रसुती गराउने महिलालाई २ हजार सुत्केरी प्रोत्साहन तथा सुत्केरी आमाले प्रत्येक महिना स्वास्थ्य संस्थामा गएर २ वर्ष सम्म बच्चाको तौल लिएमा थप १ हजार प्रोत्साहन स्वरुप दिने गरेको स्वास्थ्य शाखा हल्दिबारीका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले जानकारी दिएका थिए।
कार्यक्रममा सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले गत आर्थिक वर्षको समिक्षा गरेका थिए।