हल्दिबारी वडा नं ३ द्वारा सामुदायिक विधालयका विधार्थीहरूलाई झोला वितरण

झापा।
हल्दिबारी गाउँपालिका वडा नं-३ ले वडा भित्रका ३ वटा सामुदायिक विधालयका कक्षा-१ देखि कक्षा-५ का विद्यार्थीलाई झोला ( स्कुल व्याग) वितरण  कार्यक्रम अन्तर्गत आज श्री पञ्चायत मा.वि का विद्यार्थीलाई वितरण गरी कार्यक्रमको शुभराम्भ गरिएको छ।

Advertisement

विधालयकी बाल क्लब अध्यक्ष प्रतिमा लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पञ्चायत मा वि कि विद्यार्थी गंगा विश्वकर्माले राखेकी थिइन।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष बिष्णु प्रसाद ओली
वडा सदस्यहरू अजित कुमार बिष्ट ,कर्ण भण्डारी , बिष्णुमाया ढुङ्गेल ,शिक्षक शिक्षिका सहित विधार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन विधालयका कर्मचारी अभिषेक खतिवडाले गरेका थिए।
वडाको १ लाख ५० हजार बजेटबाट गरिएको झोला वितरण कार्यक्रमशुक्रबार रामेश्वर प्रा.वि र लक्ष्मी मा.वि मा गरिने वडा सचिव राजन खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search