काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
आजदेखि मध्यम अण्डाको मूल्य चार सय ७० रुपैयाँ प्रतिक्रेट तोकिएको छ । यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ८५ रुपैयाँ पुगेको हो ।
यसअघि मङ्सिर २२ गते सङ्घले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रुपैयाँ तोकेको थियो ।
सङ्घले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी एक सय ४० रुपैयाँ थप लाग्ने जनाएको छ ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026