हल्दीबारी १ गोलधापमा बिधुतिय चुलो बितरण हुँदै ।

हल्दिबारी झापा

Advertisement

| नेपालमा विधुतिय चुलोको दिगो बिकास परियोजना Endev ( इन्डेभ ) को आर्थिक सहयोग मार्फत एवम “प्राक्टिकल एक्सन नेपाल र सामुदायिक विधुत राष्ट्रीय महासंघको” सहकार्य र हल्दिबारी गाउँपालिकाको समन्वयमा हल्दिबारी गाउँपालिका वडा न १ गोलधापमा बिधुतिय चुलो बितरण हुने भएको छ । वडा न १ ले सार्बजनिक गरेको विधुतिय चुलो बारे सुचना पश्चात् वडा न १ को सभाहलमा आज सोमबार भएको उक्त चुलो सम्बन्धि भेलामा जम्मा नब्बे (९०) जना गोलधाप बसोबास गर्ने मानिसहरु उपस्थित भएका थिए । नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना मा उक्त चुलो बजारमा पाउने रकम भन्दा वडा कार्यालय बाट प्रतीचुलो रु २०७० छुट हुने जानकारी परियोजनाका झापा जिल्ला फिल्ड सहायक धुर्ब दाहालले जानकारी दिए ।
वडा अध्यक्ष देबि बाहादुर थापाको प्रमुख आथित्य मा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित हुने महानुभाव हरुले बिधुतिय चुलो र प्रयोग बारे खुलेर बुझ्ने मौका पाएका थिए ।


वडा न १ भित्र बसोबास गर्ने निम्न बर्गका इच्छुक चुलो लिन चाहनु हुने ब्याक्ती हरुलाई बिजुलिको संरचना कमजोर भएमा तयार गर्न उक्त कम्पनिले रु १६५० को वायरिङ खर्च लगानी गर्ने र पहिलो ४ महिना सम्मको बिजुली महसुल रकमको लागि रु ५५० प्रदान पनि प्रदान गर्ने भएको परियोजनाको प्रमुख धुर्ब दाहालले जानकारी दिए ।


उक्त बिधुतिय आधुनिक चुलोले मानविय जनसामुदायमा पार्ने सकारात्मक परिवर्तन र उक्त चुलो कसरी चलाउने भन्ने बिषयमा पनि छलफल भएको थियो भने चुला लिनको लागि हल्दिबारी गाउँपालिका वडा न १ को कार्यालय मा पछिल्लो महिना तिरेको बिजुली महसुल को प्रतिलिपी र नागरिकता सहित वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयको अध्यक्ष देबि बहादुर थापाले अनुरोध गरेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search