राप्रपा भद्रपुर नगर समितिद्वारा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

 

भद्रपुर, पुस ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिले नेतृत्व विकास र संगठन सुदृढीकरणको उद्देश्यले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भद्रपुरको सगरमाथा चौकस्थित होटल डेग्लोमा सम्पन्न भएको छ।

Advertisement

नगर अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा केन्द्रीय सह-महामन्त्री भारतेन्दु कुमार मल्लिक (जिबु)को उपस्थिति रहेको थियो। कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय प्रशिक्षक सह-महामन्त्री रमानन्द न्यौपाने थिए।

कार्यक्रममा प्रशिक्षणका लागि जिल्ला अध्यक्ष केशव ओझा र जिल्ला सचिव अभिषेक ढुंगानाले सहजीकरण गरेका थिए।कार्यक्रमको सुरुवातमा भद्रपुर नगर  उपाध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष हेम बहादुर कार्की (सन्तु)ले स्वागत मन्तव्य राखेका थिए।

मुख्य प्रशिक्षकको रूपमा केन्द्रीय सह-महामन्त्री रमानन्द न्यौपानेले नेतृत्व विकास, संगठन सुदृढीकरण, र पार्टीका एजेन्डाहरूका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमकै दौरान नगर अध्यक्ष राईले दलबहादुर लिम्बु शंकरलाई उपाध्यक्ष ,माधव पोखरेललाई सह-सचिव र देवेन्द्र पोखरेललाई सूचना सञ्चार तथा प्रचारप्रसार प्रमुखमा मनोनयन गरिएको घोषणा गरे। यसका साथै, डेढ वर्ष नगर संयोजकको रूपमा भूमिका निर्वाह गरेकी जिल्ला उपाध्यक्ष सीता लम्साल र पाँचौं नगर अधिवेशनका संयोजक भारतेन्दु कुमार मल्लिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष राईले पार्टीलाई कर्मकाण्डी हिसाबले मात्र चल्न नहुने भन्दै सबैको सल्लाह, सुझाव र सहयोग आवश्यक रहेको धारणा राखेका थिए। उनले पार्टीलाई गति दिन र सुदृढ बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताए।

कार्यक्रमले पार्टीलाई थप सशक्त बनाउँदै संगठनात्मक गतिविधि अघि बढाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।कार्यक्रममा सयौँको संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search