हल्दीबारी झापा
। हल्दीबारी जेसीजले आज पौष १७ बुधबारको दिन (अङ्ग्रेजी सम्बत 2025 Jan 1 ) को दिन एक विशेष कार्यक्रम गरि आफ्नो सचिवालय स्थापना भएको घोषणा गरेको छ । “आज जेनवरी 1st अङ्ग्रेजी क्यालेन्डर अनुसार बर्षको पहिलो दिन, नयाँ बर्ष सङ्गै जेसीजहरुको कार्य सुरुवात गर्ने दिन नयाँ आयाम र जोश सहित सकारात्मक परिवर्तन गर्ने लक्ष्य लिएर नेपाल जेसीजको ५१ औ महाधिवेशनबाट प्रस्तावित भई आजको दिनबाट औपचारिक कार्यक्रमको थालनी गरिएको” हल्दीबारी जेसीजकी तत्कालिन अध्यक्ष जेसी युनिता दवाडीले बताइन।आज भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, विशिष्ट अतिथिमा हल्दीबारी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सन्तोष थापा रहेका थिए भने जनप्रतिनिधि एवम् विभिन्न संस्थाका पदाधिकारी लगायत अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवात हल्दीबारी गाउँपालिका उपाध्यक्ष मैनालीले ब्यानर बाचन र आचार्य पण्डित अर्जुन भट्टराई स्वस्ती शान्ती मन्त्रोच्चारण गरी भएको थियो । मन्तव्यमा शुभकामना दिदै उपाध्यक्ष मैनालिले हल्दीबारीमा जेसीजको आवश्यकता रहेको र हल्दीबारी जेसीजको स्थापनाले आफू अत्यन्त खुसी रहेको कुरा ब्यक्त गरिन। “भविष्यमा राम्रो कार्य गर्दै जानु , हल्दीबारी गाउँपालिका सदैव साथ रहनेछ” उपाध्यक्ष मैनालिले बताईन ।
आज भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य सदस्य भरत ढकाल, जेसीज आस्था कार्यकारिणी उपाध्यक्ष योगेश कार्की र जेसीज मिशन भिजन अर्का कार्यकारिणी उपाध्यक्ष नितेश खरेलले वाचन गरेका थिए भने सन्चालन हल्दीबारी जेसीजका महासचिव जेसी प्रायुस पौड्यालले गरेका थिए ।