झापा।सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था हल्दिबारीको २८ औँ इकाइ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदवी मैनालीको प्रमुख आतिथ्यता र ढडुवा सेवा केन्द्र उपसमितिका कार्यवहाक संयोजक रोशनी शिवाकोटीको अध्यक्षतामा मंगलबार साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा सहारा साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि मैनाली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा,एकता बहुउदेशिय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारी, जलथल रेडक्रसका सभापति रेमप्रसाद खरेल,संचालक समिति सदस्य गृहेश्वरी कार्की,विन्दु श्रेष्ठ ,मूल कार्यालय प्रतिनिधि रामनारायण प्रधान लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रम संचालन गिता अधिकारीले गरेकी थिइन।
आर्थिक बर्ष २०८०-२०८१ असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी एक अर्व ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८, ऋण लगानी १० अर्व ९३ करोड ९४ लाख ६१ हजार ३५८, आम्दानी एक अर्व ९१ करोड ५७ लाख ३७ हजार ४७ रुपैयाँ, खर्च १ अर्व ८० करोड ६३ लाख २१ हजार ५८१ गरेर कुल नाफा १ करोड ९ लाख १५ हजार ४६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा १ लाख ८६ हजार ३७१ जना सदस्य रहेका छन्।