राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
बिहीबार बसेको समितिको बैठकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। बिहीबारको बैठकमा सो विधेयकमाथि छलफल भएको थियो। छलफल पश्चात् पारित भएको हो।
विधेयकमाथि छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका थिए।