हल्दिबारी गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण(GESI AUDIT) परिक्षण कार्यशाला सम्पन्न भएको छ।
पालिकमा भए गरेका कार्यहरू निति सम्मत छ छैन? के कसरी अघि बढाउन सकिन्छ लगायतका विषयमा छलफल गरिएको छ।
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणमा आवश्यक कार्यक्रमहरू, तथ्य लगायतका विषयमा प्रशिक्षक सुमन ढकालले प्रष्ट पारेका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू रूपा रसाइली,शान्ता शिवाकोटी, भागिरथा दाहाल, आयुषा मेचे , विभिन्न शाखाका शाखा प्रमुखहरू , शिक्षक ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो।निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कार्यक्रमको औचित्य प्रकाश पारेको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन।