झापा।७२ औ विश्व कुष्ठरोग दिवसमा हल्दिबारी गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विशेष गरि नसर्ने कुष्ठरोग, उच्च रक्तचाप, क्यान्सर लगायतका बारेमा छलफल गरिएको थियो।
सुन्दा सामान्य लागेपनि कुष्ठरोग रोग लागेमा व्यक्तिलाई दिर्घकालिन असर पार्ने भएकाले यो रोगको पहिचान तथा उपचारका बारेमा स्वयमसेविकाहरूलाई जानकारी गराइएको थियो।
माइकोब्याटेरीयम लेप्रे नामको किटाणुद्वारा मानिसको शरिरमा छाला र बाहिरी सतहको स्नायुमा असर पुर्याउने कुष्ठरोग कम सरूवा हो।
यो रोगका लक्षणहरूमा रातो फुस्रो दाग, स्पर्श शक्तिको कमि लगायत रहेका छन् भने समयमै उपचार र नियमित रूपले औषधी सेवन गर्नाले यो रोग निको हुन्छ भने यो रोगको उपचार नेपाल सरकारले निशुल्क गरेको छ। ५० हजार जनसंख्यामा ५ जनालाई हुदाँ जोखिम कम भनिएपनि
हल्दिबारी गाउँपालिकामा ३२ हजार जनसंख्यामा कुष्ठरोगका ५ जना औषधि सेवन गरिरहेका बिरामी भएकाले यस गाउँपालिका कुष्ठरोगको जोखिममा रहेको नेपाल कुष्ठरोग संगतीका कार्यक्रम अधिकृत पर्शुराम पोखरेलले बताए।
यसैगरी अन्य नसर्ने रोगहरू, कारण तथा न्युनिकरणका उपायहरु बारे स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले प्रशिक्षण गर्नुभएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले गरेका थिए।