भद्रपुर । भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्त्येष्टि घाट व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । घाट व्यवस्थापन समितिका अध्यक्ष अम्बिका पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष पोखरेलले वार्षिक गतिविधि प्रस्तुत गर्दै पहिलो चरणमा मलामी विश्राम घर तथा तटबन्धन गरी ४३ लाख वरावरको काम सम्पन्न भइसकेको र दाश्रो चरणमा २९ लाख ९८ हजार ७३८ रूपैया बराबर तटबन्धनको काम चालु रहेको जानकारी दिए ।
अध्यक्ष पोखरेलले आर्थिक श्रोतका रूपमा चन्दादाता, भद्रपुर नगरपालिका, सदस्यता शुल्क र जनताको तटबन्धन कार्यक्रम रहेको उल्लेख गरेका छन् ।
साधारण सभाको अवसर पारेर घाट निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो भने शव दाहसंस्कार स्थलको शिलान्यास पनि गरिएको थियो । यस्तै आजीवन सदस्यता समेत वितरण गरिएको थियो ।
यसैगरी १ लाख ५ हजार १ सय रूपैयाँ प्रदान गर्ने अम्बिका पोखरेलाई संरक्षक सदस्यता र ५६ हजार १ सय ५ रूपैयाँ प्रदान गर्ने लिला घिमिरे र ५१ हजार रूपैयाँ सहयोग गर्ने इन्द्र थापा लाई विशिष्ट सदस्यता प्रदान गरिएको थियो।
वरिष्ट उपाध्यक्ष डिल्लीराम पोखरेलले स्वागत मन्तव्य र महासचिव लीला घिमिरेले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’, चन्द्रगढी सेवा समाजका अध्यक्ष नयाँनाथ पाण्डे, समाजसेवी हिराप्रसाद पोखरेल, टिकादेवी पोखरेल,मुरारी पोखरेल लगायतले मन्तव्य राख्दै मृतकको अन्त्यष्टिका लागि घाट अनिवार्य आवश्यक रहेको धारणा राखेका थिए ।
आजको अधिवेशनबाट अम्बिका पोखरेल पुन अध्यक्षमा निर्वाचित भएका छन्। यसैगरि वरिष्ठ उपाध्यक्ष डिल्लीराम पोखरेल महासचिव, तेजप्रसाद चापागाई नविन, उपाध्यक्ष लिलादास घिमिरे,महिला उपाध्यक्ष बिमला गौतम भट्टराई,सचिव पानीलाल राजवंशी महिला सचिव उषा खतिवडा, कोषाध्यक्ष मुरारी पोखरेल सहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन भएको छ।