झापा । हल्दीबारी गाउँपालिका वडा नं १ मा अवस्थित श्री सरस्वती माध्यमिक विधालयले आज आफ्नो ४८ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ।विधालय व्यास्थापन समितीका अध्यक्ष राम कुमार लिम्खिमको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन रहेका थिए।
विशिष्ट अतिथिहरुमा वडा नं १ का वडा अध्यक्ष देवी बहादुर थापा, कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी,रुपा रसाईली , वडा सदस्यहरू प्रकाश कार्की, कुल ब वान्तवा, गोलधाप खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष हर्क प्रसाद लिङ्देन , विधालयका संस्थापक प्र अ काजिमान घिसिङ , जन जागृती मा वि का शिक्षक राम ब दाहाल, जागृती क्याम्पसका उपाध्यक्ष नरेन राई , गोलधाप बजार व्यवस्थापन समितिकि गिता आङ्देम्बे राई आदि रहेका थिए ।
आजको कार्यक्रममा विधालयका संस्थापक प्र अ काजीमान घिसिङ,पूर्व प्र अ दिलकुमार नेम्वाङ र गणेशमान कन्दङवा ,पूर्व शिक्षक लोकेन्द्रराज आङदेम्वे,विधालय व्यवस्थापन समितिका संस्थापक सदस्य बम बहादुर मगर,ज्येष्ठ नागरिक दल बहादुर गुरूङ्ग लगायत लाई कदरपत्र र दोशल्लाले सम्मान गरिएको थियो भने विधालयमा हाल कार्यरत शिक्षक शिक्षिका रामप्रसाद गुरूङ्ग,धर्मध्वज बेघा,धनमाया आचार्य र सरिता राई लाई सम्मान गरिएको थियो।
यसैगरी विधालयमा स्थापना गरिएको पदमसुन्दर स्मृति कोषमा ९० हजार थप गरी २ लाख १हजार पुर्याइएको छ।अक्षयकोषबाट प्राप्त व्याजबाट जेहेन्दार विधार्थीहरूलाई छात्रवृति वितरण गरिने विधालयका प्र अ प्रेम न्यौपानेले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हिजोको दिन भन्दा आजको दिनमा सामुदायिक विधालय केहि सुधार भए पनि अझै पर्याप्त उपलब्धी भइनसकेकाले भावीदिनहरुमा अझ सुधार हुन आवश्यक रहेको बताए।
विधालयमा विधार्थी कम भयो भनेर चिन्तिन हुन भन्दा भएको विधार्थी हरूको शैक्षिकस्तर अगाडी बढाउन कसरी सकिन्छ भन्ने कुरालाई मध्यनजर गरेर अघि बढन पर्ने बताएका थिए।
यसैगरी घरगाउँमा प्रयोग हुने ढिकी,जातो, डाली, घुम, ढेकी लगायत घरायसी सामानहरू र पुराना हातहतियारहरूको संग्राहलय बनाइएको छ। मौलिक सामाग्रीहरू बारे विधार्थीहरूलाई जानकारी गराउन संग्राहलय बनाइएको शिक्षक दुर्गाप्रसाद ढकालले जानकारी दिए।
विधार्थीहरूले नृत्य लगायत सांस्कृतिक प्रस्तुतीकरण गरेको कार्यक्रम संचालन शिक्षक धर्मध्वज बेघाले गरेका थिए। •आशिष् राई