झापा। हल्दीबारी गाउँपालिकामा पालिका स्तरीय अपाङ्गता भएका व्यक्तिहरूको भेलाले हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्था गठन गरेको छ ।
आजको भेलाबाट लालबहादुर कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ ।संस्थमको
उपाध्यक्ष हरीमाया मिश्र ,सचिब राम टुडु सहसचिबरत्ना कट्वाल बस्नेत,
कोषाध्यक्ष दिल कुमार राजबंशी,
सदस्यहरू लेख बहादुर योङ्हाङ्ग,सुवानी दाहाल,यादव कु खवास,चन्द्रकला सिवा,कुमार थामी
पिताम्बर बराल रहेका छन्।
विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सामुहिक आवाज उठाउन र सम्बन्धीत निकायमा आवाज उठाउन समिति गठन गरिएको हो।गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ,सामाजिक विकास शाखा प्रमुख राजन न्यौपाने महिला विकास शाखा प्रमुख तृष्णा थापा तथा करुणा फाउन्डेसनका प्रतिनिधि अनुष्का केसी र सिविआर द्वय बलराम बन सिबु मुर्मुको उपस्थिति रहेको थियो।
संस्थाको आवश्यकता र समिति गठनमा राजन न्यौपानेले सहजीकरण गरेका थिए भने कार्यक्रम संचालन तृष्णा थापाले गरेकी थिइन्।
हाल सामाजिक बिकास मन्त्रालय ,करुणा फाउन्डेसन नेपाल र हल्दीबारी गाउँपालिकाको त्रिपक्षीय समन्वयमा अपांगता रोकथाम विभिन्न सम्बन्धी कार्यक्रम संचालन भैरहेको छ।