दियालो र विशाल वन समुहद्वारा किचकबधमेलामा अर्गानिक उत्पादन प्रदर्शनी तथा व्यापार

झापा।दियालो तथा विशाल सामुदायिक वन उपभोक्ता समुह भद्रपुर २ ले वन क्षेत्रभित्र उत्पादन गरेको बेसार , कुरिलो तथा मिचाहा प्रजातीका झारपात बाट तयार पारेको प्राङगारिक मलको प्रचारप्रसार ,बजार प्रवद्वन गर्न झापाको प्रसिद्व किचकबधमेलामा स्टल राखेर प्रदशनी तथा बिक्री गरेको छ ।


यसैगरी जलथल चारकोशे वनबाट लोप हुने अवस्थामा पुगेका थाकल, मालागिरी, बादरझुल्ला, चुयल, आउटेङगा लगायतका वनस्पतिका बिरूवाहरू पनि प्रदर्शनीमा राखिएको थियो।
फरेष्ट एक्सन नेपालको सहयोगमा पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समुहमा लोपोन्मुख वनस्पतिहरूको नर्सरी बनाइएको छ।
वनमा फैलिएको मिचाहा झार न्युनिकरणका लागि समुहहरूले खाली भागमा कृषि वन अन्तर्गत बेसार खेती गरेर त्यहाँ उम्रिएका रैथाने बिरूवा संरक्षण र बिरूवा नउम्रेको ठाउँमा बृक्षारोपण गरेर वन पुर्नस्थापनाको प्रयास गरिरहेका छन्।
समुहहरूले उत्पादन गरेको प्राङगारिक मल प्रतिकेजी १० र २० रूपैँया , पिसेको बेसार ३ सय  रपैँया प्रतिकेजी र काचोँ बेसार ४० रूपैँया के जी बिक्री गरिरहेको छ।
वन समुहहरूले गरेका यि नविनतम प्रयासबाट वनको आम्दानी बढ्ने तथा उपभोक्ताहरूले केही मात्रामा भएपनि रोजगारी पनि पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search