हल्दीबारी वडा नं ५ द्वारा ३९ घरधुरी कृषकहरूलाई सिचाई मोटर वितरण

झापा। हल्दीबारी गाउँपालिका वडा नं ५ ले आज एक कार्यक्रमका बिच कृषकहरूलाई सिचाई मोटर वितरण गरेको छ ।


वडाको वार्षिक कार्यक्रममै समावेश गरेर कृषी यन्त्रउपकरण वितरण गर्ने लक्ष्य लिएको पालिकाले पहिलो चरणमा ३९ जना कृषकहरूलाई मोटर वितरण गरेको हो।१.५ र २ इन्च मोटर कृषकहरूको ५० प्रतिशत लागत साझेदारी र वडाको ५० प्रतिशत लागतमा ७ लाख २९ हजार रूपैयाँ वरावरको सामाग्री वितरण गरिएको वडा अध्यक्ष खडग बहादुर लावतीले बताए।
वडाले कृषकहरूको कृषि उत्पादनमा वृद्वि गराई आयआर्जन बढाउन यो कार्यक्रम ल्याइएको वडा अध्यक्ष लावतीले बताए।
कृषकहरूको माग निवेदनका आधारमा मोटर वितरण गरिएको र आगामी दिनमा व्हिल ब्यारो, फलामे हलो लगायत वितरण गर्ने कार्यक्रम रहेको वडा सचिव भजन संग्रौलाले जानकारी दिए।
वडा अध्यक्ष खडग लावतीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू जिवन कन्दङवा, बिजय फागो, शिवमाया मगर लगायतको उपस्थिति रहेको थियो।
वडा सदस्य जिवन कन्दङवा ले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन वडा सचिव भजन संग्रौलाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search