झापा ।
झापा जिल्ला पालिका स्तरिय कन्काई कप पुरुष फुटबल प्रतियोगिताको आज शुक्रबार भएको क्वाटर फाईनल खेलमा टाईब्रेकर मार्फत पेनेल्टी सुटआउटमा कन्काई नगरपालिका ले हल्दीबारी गाउँपालिका लाई ५-४ को अन्तरले हराएको छ ।खेलको निर्धारित समय सम्म आईपुग्दा पनि दुबै टिम बाट गोल हुन नसकेपछी उक्त खेल टाई ब्रेकर निर्णयमा पुगेको थियो । निर्धारित समय ७० मिनेटको रहेको उक्त खेलमा दुबै पालिकाका खेलाडी हरुले प्रतिस्पर्धात्मक खेल खेलेका थिए। पेनेल्टी शुटआउटमा हल्दीबारीका खेलाडी जर्सी नं ३ का सुजन आङ्बोले प्रहार गरेको बल कनकाई नगरपालिकाका किपर द्वारा रक्षा गर्न सफल भएका थिए । उक्त पेनेल्टी गोल सङ्गै हल्दीबारीले कनकाई सङ्गको आजको खेल पराजित हुन पुगेको थियो ।
खेलको म्यान अफ दि म्याच कनकाई नगरपालिकाका किपर जर्सी नं ३२का बिबेक वाग्लेले प्राप्त गरेका थिए ।