झापा । झापाको हल्दिबारी ३ मा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयकाे ५७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार (आज) सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुमाया तामाङकाे अध्यक्षतामा आयोजित कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनकाे प्रमुख आतिथ्यता विशिष्ट अतिथि,उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, शिक्षा सेबि तथा हल्दिबारी मा बि का पूर्व शिक्षक भीम बहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष रबिलाल दाहाल, वडा सदस्य बिण्णुमाया ढुङ्गेल, विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे , विद्यालय व्यवस्थापन समिति सदस्य तथा वडा सदस्य शर्मिला बि क ,हल्दिबारी मा बि का प्रधानाध्यापक टंक बहादुर पाख्रिन,पञ्चायत मा बि का प्रधानाध्यापक कृष्णप्रसाद बन,शिक्षा शाखाका सहजकर्ता दुर्गाप्रसाद अघिकारि,चिल्ड्रेन गाडेन मा बि का प्रधानाध्यापक दुर्गामणि गाैतम,सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक गाेविन्द्र बाेहाेरा, दीपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन भट्टराई ,पूर्व प्रधानाध्यापक तथा अक्षयकोष संरक्षक ओम प्रसाद मिश्र,पूर्व प्रधानाध्यापक तथा अक्षयकोष संरक्षक गणेश प्रसाद पाैडेल,पूर्व प्रधानाध्यापक नेत्र बहादुर गिरी,अक्षयकोष संरक्षक बिनाेद प्रसाद भण्डारी ,अक्षयकोष संरक्षक कृण्ण विलास वन,अक्षयकोष संरक्षक भिम बहादुर वन,अक्षयकोष संरक्षक जंग बहादुर खत्री, शिक्षक महासंघ अध्यक्ष तथा अक्षयकोष संरक्षक मदन पाेखरेल,अक्षयकोष संरक्षक चन्द्रा वन, अक्षयकोष संरक्षक पदम बहादुर तामाङ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेविन्द घिमिरे ,विद्यालय जग्गा दाताकाे परिवारबाट श्रीलाल किस्कु रातमाटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक तामाङ , साना किसान कृषि सहकारी संस्था लि जलथलकि अध्यक्ष खेस कुमारी वन,पत्रकारहरू, लगायत शिक्षासेबी,समाजसेवी, शिक्षक, कर्मचारी ,अभिभावक र विद्यार्थीहरूकाे वाक्लाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे।
पानसमा दिप प्रज्जाेलन गरी उद्घाटन गरिएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मदन पाेखरेलले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए भने शिक्षक बाेध कृण्ण पौडेल तथा कृष्णप्रसाद दाहालले कार्यक्रम सञ्चालन गरेका थिए। राष्ट्रिय गान र माैन धारण लगतै विद्यालयका जग्गादाता स्व कुपित नारायण किस्कुकाे शालिकमा माल्यापर्ण गरिएको थियाे।
यता कार्यक्रममा स साना विद्यार्थीहरूले स्वागत नृत्यले स्वागत गरेलगतै मार्च पास गरिएको थियाे।साथै विद्यार्थीलेहरूले देखाएको संस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप राैनकता प्रदान गरेकाे थियाे।
विद्यालयकाे वार्षिक याेजना तथा आगामी कार्यक्रमका विषयमा विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे बिचमा विद्यालयकाे विभिन्न क्षेत्रमा अब्बल रहेका दर्जन भन्दा बढी विद्यार्थीहरूलाई प्राेत्साहान स्वरूप छात्रवृत्ति वितरण गरिएको थियाे। अन्तमा शिक्षक तथा शिक्षिकाहरूकाे सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियाे।