हल्दीबारीमा भव्यरूपले मनाइयो सन्थाल जातिको दिसोम सोहराई पर्व

झापा। सन्थाल जातिको प्रमुख चाड दिसोम सोहराई आज भव्य कार्यक्रममा बिच हल्दीबारीमा सम्पन्न भएको छ।
५ दिन सम्म मनाइने यो पर्वमा विशेष गरी चेली माइती भेला हुने खानपान तथा नाचगान गर्ने गरिन्छ।


नेपाल सन्थाल विकास संघ र जुवन सन्थाल समाज हल्दिबारीको आयोजनामा भएको कार्यक्रमको
अध्यक्षता बुद्धिनाथ किस्कुले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा जलस्रोत मन्त्री क्षेत्र नं-३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद लिङदेन रहेका थिए।
बिशिष्ट अतिथि संविधान सभा सदस्य मोहन टुडु , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन ,निवर्तमान अन्तर्राष्ट्रिय सन्थाल परिषद उपाध्यक्ष जयराम मुर्मु ,१ नं वडाका वडा अध्यक्ष देवीबहादुर थापा,२ नं वडाका वडा अध्यक्ष शुकलाल राजवंशी ,४ नं वडाका वडा अध्यक्ष सन्तकुमार थापा मगर, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि , सन्थाल जातिका अगुवा ,सञ्चारकर्मी ,सुरक्षाकर्मी ,गाउँपालिकाका कर्मचारी सँगै विभिन्न क्षेत्रका अगुवा तथा समुदायको व्यापक उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघिय सांसद लिङदेनले तराईको आदिवासी, आफ्नो छुट्टै भेषभुषा, मौलिकता रहेको सन्थाल जाति विशेषगरी उच्च शिक्षा हासील गर्न पछि परेका कारण हरेक क्षेत्रमा पछि परेको भन्दै पहिलो प्राथमिकतामा शिक्षा राख्न पर्ने बताएका थिए।

नेपालको एउटा फरक संस्कृति रहेको यो जातिले उठाएका उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने पनि उनले बताए।
संविधानसभा सदस्य माननीय मोहन टुडुले पूर्वी नेपालमा बसोबास गर्ने करिब ५७ हजार सन्थाल भएपनि राज्यको उच्च ओहोदामा अझैपनि पुग्न नसक्नु दुखदायी भएको भन्दै संस्कार संस्कृतिको जगेर्ना गर्दै शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सबैलाई आग्रह गरेका थिए।सोहराई पर्वको अवसरमा शुभकामना दिदैं गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले स्थानीय तहमा यो पर्वमा स्थानीय बिदा दिन तथा कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने पहिलो पालिका हल्दीबारी भएको र आगामी दिनहरुमा उनीहरूको मागहरूलाई पालिकाले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।
सन्थाल जातिको अस्तित्व जोगाउन तथा आर्थिक अवस्था सुधार गर्न पनि सिपमुलक तालिम, कार्यक्रम ल्याइएको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने बताएका थिए।

नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाई , संथाल विकास समिति झापाका अध्यक्ष बडाराम हेमरम ,हल्दिबारी नमुना माध्यमिक विद्यालयका प्रअ टंक पाख्रिन ,हल्दिबारी वडा नं-२ का वडा अध्यक्ष सुकलाल राजवंशी,नेपाल संथाल आदिवासी उत्थान संघ केन्द्रिय अध्यक्ष सुन्दर बेस्रा,आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपसचिव विश्वदिप बेस्रा, लगायत ले   शुभकामना मन्तव्य राखेका थिए।
झापा ,मोरङ ,सुनसरी जिल्ला भित्रका विभिन्न पालिका बाट आदिवासी सन्थाल समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्य प्रकाश सन्थाल समुदायका अगुवा स्थानीय लखन हेमरमले गरेका थिए भने सुस्मिता मुर्मुले स्वागत गरेकी थिइन्।

कार्यक्रमम प्रतिष्पर्धात्मक समुहगत नृत्य प्रस्तुत गरिएको थियो भने उत्कृष्ट हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भन्ने कार्यक्रमको सञ्चालन लुखिराम मुर्मले गरेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search