शान्ति सामुदायिक वनको साधरणसभा, विपन्न उपभोक्तालाई खाट वितरण ,पूर्व अध्यक्षलाई सम्मान

झापा। शान्ति सामुदायिक वन उपभोक्ता समूह हल्दीबारी ५ को सातौँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमहरू गर्दै सम्पन्न भएको छ।


सभामा समुहको गरिबी न्यूनीकरण कार्यक्रम अन्तरगत १२ वटा टोलीका १२ घर उपभोक्तालाई काठको खाट र १२ जना टोली प्रमुखहरूलाई टेवल वितरण गरेको छ भने वडा नं ५ मा रहेका शान्ति आधारभूत र मोती आधारभूत विधालयलाई १/१ थान टेवल हस्तान्तरण गरेको छ।

Advertisement

समुहले यसैवर्ष आफ्नै कार्यालय पनि निर्माण गरेको छ।वनले
आर्थिक वर्ष २०८०/८१ को २९ लाख ४ हजार ४ सय ६० रूपैयाँ बराबरको आय व्यय विवरण सार्वजनिक गरेको थियो भने आगामी वर्षका लागि वार्षिक कार्यक्रम पनि अध्यक्ष उदेश मोक्तानले प्रस्तुत गरेका थिए।
समुहले यसैवर्ष विधुत महासंघ संगको सहकार्यमा १ सय उपभोक्ताहरुलाई सहुलियतमा विधुतीय इन्डक्सन चुलो वितरण गरेको थियो।
यसैगरी आजको सभामा वन समुहको स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ४ जना अध्यक्षहरूलाई सम्मान पनि गरिएको थियो।
पछिल्लो समयमा शान्ति सामुदायिक वनले उपभोक्ताहरुलाई प्रत्यक्ष प्रभाव पर्ने प्रभावकारी कार्यक्रमहरू ल्याइरहेको छ भने वन्यजन्तुलाई पानी खान सहज होस् भनेर पोखरी निर्माण तथा सरसफाईलाई पनि निरन्तरता दिएको छ।
समुहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने विशिष्ट अतिथीमा वडा नं ५ का वडा सदस्य शिवमाया मगर,जिवन कन्दङ्वा,बिजय फागो, वडा नं १ का वडा सदस्य प्रकास कार्की,सामुदायिक वन उपभोक्ता महासंघकी कोषाध्यक्ष देवीका अधिकारी ‌लगायत रहेका थिए भने समाजसेवी मदन तामाङ, हरियाली सामुदायिक वन उपभोक्ता समूहका सह सचिब दिपक तामाङ, शान्ति युवा परिवारका अध्यक्ष कृष्ण राई, सचिव राजन आङवो लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले वन समुहले आफ्ना उपभोक्ताहरुको आवश्यकता बुझेर खाट वितरण गर्नु उत्कृष्ट कार्य भएको र उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ मिल्ने यस्ता कार्यहरूलाई निरन्तरता दिन सुझाव दिएका थिए भने पालिकाले पनि साझेदारी गर्न सक्ने कामहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष मोक्तानले उपभोक्ताहरुको साथ र सहयोगले नै अधुरो भवन निर्माण, उपभोक्तालाई आवश्यक सामग्रीहरु वितरण गर्न सफल भएको भन्दै आगामी दिनहरुमा पनि वन संरक्षण‌ र सम्वर्द्धन गर्दै सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यसैगरी उनले काठ दाउरा काट्ने र बेच्ने मात्रै नभई अन्य आय आर्जन र पर्यापर्यटनलाई विशेष जोड दिने धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सह-सचिव विरेन्द्र नेम्वाङले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search