हल्दीबारी गाउँपालिकामा तिन वटै सुरक्षा निकायका प्रमुखसँग अन्तरक्रिया

झापा। हल्दीबारी गाउँपालिकामा स्थानीय तहमा सेवा प्रवाह, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया भएको छ। पालिकामा आज (सोमवार) अत्रक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको सभाहलमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल उपरीक्षक तुलबहादुर भण्डारी, नेपाली सेनाका उपरिक्षक प्राजु बस्न्यात र राष्ट्रिय अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक कुलचन्द्र नेपालको आतिथ्यरहेको थियो।

तीनवटै सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक कार्यक्रम र हालको हल्दीबारीको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण सम्बन्धी साथै वडामा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेका र प्राप्तिमा समस्या रहेका बारेमा वडाअध्यक्षहरू र वडा सचिवहरूले बताएका थिए।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबि मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र, वडा नम्बर १, २, ३ र ४ का वडाध्यक्षहरू जनप्रतिनिधिहरु, पालिकाका शाखा प्रमुखहरू, कर्मचारीहरू, वडा सचिवहरु, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष र जनप्रतिनिधिहरूले पालिका क्षेत्र भित्र रहेका समस्याका जिज्ञासा सुझावसहित भनाइहरू राखेका थिए भने सो समस्या, जिज्ञासाका बारेमा सुरक्षा निकायका प्रमुख र प्रजिअ अधिकारीले सम्बोधन र जिज्ञासा शान्त पारेका थिए। कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख राजन न्यौपाने गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search