ओमकारेश्वर वैदिक विद्यापीठ हल्दीबारी १ मा श्रीमद्भागवत महापुराण शुभारम्भ

झापा। हल्दिबारी गाउँपालिका वडा नं १मा अवस्थित ओमकारेश्वर वैदिक विद्यापीठ गायत्रीस्वरूपाश्रममा आजबाट श्रीमद्भागवत महापुराण एवम् धनधान्याचल विराट ज्ञान महायज्ञको कलश यात्रा गरी उद्घाटन गरिएको छ।


पुराण व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय छवि लाल चुडाल रहेका थिए भने विशिष्ट अतिथिमा हल्दीबारी गा. पा. अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन, १ नं वडा अध्यक्ष देवी बहादुर थापा, २ नं वडा अध्यक्ष शुकलाल राजवंशी, ४ नं वडा अध्यक्ष सन्त कुमार थापा रहेका थिए भने कार्यपालिका सदस्यहरु शान्ता शिवाकोटी, रुपा रसाइली, वडा सदस्यहरु प्रकाश कार्की, कुल ब. राई, त्यसैगरी मन्दिर व्यवस्थापन समिति अध्यक्ष धर्मराज शिवाकोटी, व्यास गुरुहरु प्रा. खिवराज न्यौपाने, आ. प्रकाश रेग्मी, आ. प्रकाशमणि खनाल पूर्व उप प्रधानपञ्च मित्र लाल लिम्बु, पूर्व गाविस उपाध्यक्ष टंकीनाथ योङहाङ, लोक नाथ भण्डारी पूर्व वडा अध्यक्ष त्रिलोचन सापकोटा लगायतविभिन्न धार्मिक संघसस्थाका प्रतिनिधि, विद्यालयका शिक्षकहरू तथा धार्मिक आस्था राख्ने सयौ भक्तजनहरूको उपस्थिति रहेको थियो।

कलश यात्रा ओमकारेश्वरको परिसर हुँदै गोलधापमा रहेको दुर्गा मन्दिर सिंह बहिनी मन्दिरको परिक्रमा गरेर पुन ओमकारेशवरको परिसरमा आएर सम्पन्न भएको थियो। प्रमुख कथा वाचक आचार्य पण्डित श्री प्रकाश रेग्मी तथा आचार्य पण्डित श्री खिवराज न्यौपानेको सुमधुर कण्ठ बाट कथा प्रवचन तथा पाठवाचक आचार्य पण्डित श्री प्रकाश मनी खनाल ज्यू बाट सञ्चालन धार्मिक अनुष्ठान ७ दिन सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search