बाह्रदशी ५ स्थित श्री रामेश्वर शिवालयको विराटमहायज्ञ पुराण भक्तजनहरुको लोकप्रीय बन्दै ।

झापा ।  

Advertisement
झापाको बाह्रदशी ५ कटरडाँँगी स्थित श्री रामेश्वर शिवालय मन्दिरमा लागिरहेको सप्ताहब्यापी श्री माद्द्भागवत बिराटमहायज्ञ धानधान्याचल महापुराण दिनहुदिन लोकप्रीय बन्दै गईरहेको छ ।

उक्त महायज्ञ पुराणको आज चौथोदिन सम्म आईपुग्दा धर्मानुरागी भक्तजन हरुको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो । फाल्गुन ८ गते बाट संचालन भएको उक्त महापुराण फाल्गुन १५ गते सम्म विभिन्न कार्यक्रम, भक्ती आरधना, भजन किर्तन र कथा वाचन गरि संचालन हुनेछ ।

उक्त धनधान्याचल महायज्ञ बाह्रदशी ५ रामेश्वर शिवालय मन्दिरको पावनभुमीमा (१२) वर्ष पश्चात यसपटक पुन संचालन हुन सफल रहेको मन्दिर समितीका सचिव पं श्री कमल प्रसाद खनालले जानकारी दिनुभयो ।

एक सप्ताह सम्म संंचालन हुने उक्त पुराणमा विभिन्न देशविदेशमा रहनुहुने सामाजिक ब्याक्तित्वहरु द्वारा पुराण भब्य तथा सभ्य ढङ्गले सफल बनाउनको निम्ति आफुले सक्ने सहयोग पनि गरिरहेको छन भने मन्दिर समिती द्वारा सहयोग गर्नुहुने धर्मानुरागी ब्याक्तित्वहरुलाई सम्मान स्वरुप सम्मान पत्र वितरण गर्दै आएको छ । धार्मिक अनुष्ठानमा प्रमुख कथावाचक युवा पण्डित श्री गंगाराम रिमालले संगीतमय कथा प्रवचन तथा पण्डित श्री कमल प्रसाद खनाल ज्यू बाट पाठ पारायण भईरहेको उक्त महायज्ञमा भक्तिसंगीतमय र भजन – कीर्तन, वाधवादन र संगीतको क्षेत्रमा दक्षता प्राप्त कलाकारहरु झाकी तथा अन्य कलाकारहरुले समेत दिनहु बेजोड प्रस्तुति दिईरहेको छन । उक्त महापुराण धनधान्यचल सप्ताह विराटज्ञान महायज्ञमा दैनिक अत्याधिक मात्रामा भक्तजन हरुको घुईचो लाग्ने गरेकोछ । देश बाहिर अवथा पुराणमा उपस्थित हुन नसकेको खण्डमा झापा न्युज डककम मार्फत प्रत्यक्ष प्रसारणको व्यबस्था गरिएकोपनि  उक्त मन्दिर समितीका अध्यक्ष संखर प्रसाद सेडाईले जानकारी दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search