हल्दीबारी वडा नं ५ द्वारा १८ लाख बराबरको कृषि सामाग्री वितरण

झापा । हल्दीबारी गाउँपालिका वडा नं ५ ले वडाको सिलिङ बजेट र कृषक हरुको ५० प्रतिशत लागत साझेदारी मार्फत उक्त वडाका कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ । वडाको आव ८१/८२ को सिलिङ कुल (नौ लाख र कृषक हरुद्वारा ९ लाख गरि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

वडाले कृषि सामाग्री मार्फत सिचाई मोटर ३९ घरलाई, चाप कटर ६ घरलाई, मकै छोडाउने मेसिन ५ थान, विल ब्यारो ४४ थान , विधुतिय स्प्रे ट्यान्की ४० घरलाई र मकै गोड्ने हलो २४ घरलाई बिना कुनै रकम (बिना कुनै लागत) वितरण गरेको हो ।

वडा नं ५ को वडा कार्यलयमा सम्पन्न भएको उक्त कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खड्ग लावतीले उक्त कृषि सामाग्री वितरण कार्यक्रम गर्न पाउँदा खुसी लागेको र उक्त कार्यक्रमले कृषकहरुलाई कृषि कार्यमा टेवा पुग्ने र भविष्यमा पनि येस्तै कार्य निरन्तर चल्ने पनि जानकारी दिएका थिए ।


कार्यक्रममा वडा सदस्यहरू सुष्मा महरा, बिजय फागो ,जिवन कन्दङवा, शिवमाया मगर लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव भजन संग्रौलाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search