झापा ।
हल्दीबारी गाउँपालिका १ गोलधापमा रहेको पुर्व विधार्थी एकता समाज जनजागृती मा.वि ले आफ्नो पहिलो साधारणसभा साथै एस एल सि ब्याच २०४६/४७ साथीभाई भेटघाट एवंम पुनर्मिलन ,एवंम वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।हल्दीबारी २ स्थित पर्यटकिय क्षेत्र भेलागढी सिमसारमा सम्पन्न भएको रमाइलो वनभोज कार्यक्रममा उक्त संस्थामा आवद्द सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।
पुर्व विधार्थी एकता समाज संस्थाकी अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन रहेका थिए ।
कार्यक्रममा २०४६/४७सालमा एस एल सि दिएका विधार्थी ब्याच एवंम शिक्षक शिक्षिका हरुको पुर्नमिलन र गुरुबर्ग हरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका सम्पुर्ण सदस्य हरुले आ आफ्ना जिवनका तितामिठा पलहरुलाई सबै सामु राखेका थिए । कार्यक्रममा पुर्व विधार्थी एकता समाज द्वारा विशिस्ठ गुरुबर्गहरु गणेश ओली , टेक बा योङ्गहाङ, कपिलमणी चापागाई, कुबेर बराल, र यशोधा चुडाललाई खादा माला दोसल्ला लगाई सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रममा पुर्व विधार्थी एकता समाजका अध्यक्ष शान्ता शिवाकोटी , उपाध्यक्ष हेम ब लिङ्देन , सचिब निराजन दाहाल, सह सचिब दुर्गा प्र कुईकेल, कोषाध्यक्ष रुद्रलाल दुलाल, र सम्पुर्ण सदस्यहरु धर्मराज सिवाकोटी, राम प्र सापकोटा, लिला देवीबस्नेत राउत, रुद्र सेडाई, मैयाँ दाहाल भट्टराई, प्रेम लिङ्देन, हरि प्रसाद खरेल लगायत सम्पुर्ण २०४६-४७ ब्याचका एस एल सि दिने विधार्थीहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सुरुवातमा राष्ट्रगान गाई ज्ञात अज्ञात सहिद हरु र दिवंगत इष्टमित्रहरूको सम्झनामा एक मिनेटको मौन धारण गरि सुरुवात भएको उक्त कार्यक्रममा आय व्यय सार्वजनिक गरिएको थियो। कार्यक्रमको सहजिकरण सचिव निराजन दाहालले गरेका थिए।