१५ औ रास्ट्रपति रनिङशिल्ड जिल्ला छनौट प्रतियोगितामा हल्दीबारीका प्रतियोगी अगाडि बढ्दै

झापा भद्रपुर । झापाको भद्रपुरमा हिजो २३ गते शुक्रबार बाट संचालित १५ औ राष्ट्रिय रनिङशिल्ड जिल्ला छनौट प्रतियोगिताको दोश्रो दिनमा आईपुग्दा हल्दीबारीका प्रतियोगी विधार्थी हरुले विभिन्न विदामा मेडल प्राप्त गर्न सफल भएका छन ।

कराटे कुमुते तर्फ ५५ केजि गर्ल विच भएको खेलमा जन जागृती मा.वि का नुमा काम्बाङ र सिग्मा अङ्ग्रेजी विधालयकी समिक्षा राईले तेस्रो स्थान जित्न सफल भएकिछिन भने, बोइज तर्फ क्यानेरी एकाडेमिका छात्र रिजन पोख्रेलले दोश्रो स्थान हासिल गरेकाछन । रिले १०० × ४ तर्फ जन जागृतिका छात्र अरुन राई र आयुश पराजुली त्यसै गरि हल्दिबारी माबिका सुजल राजबंशि र विशेष सोरेन ले दोश्रो स्थान हासील गरेकाछन भने गर्ल्स तर्फको सोही खेलमा, लक्ष्मी माविका छात्रा अमृता किस्कु, समीक्षा मुर्मु त्यसै गरि हल्दीबारी माबिका छात्रा सेमाली हेर्मरङ र ममता मार्डिले दोश्रो स्थान हासिल गर्न सफल भएकाछन ।

कबड्डी तर्फको खेलमा छात्र तर्फ कनकाई नगरपालिकाको प्रतियोगी हरुलाई हराउदै हल्दीबारीका छात्र हरुले पहिलो स्थान हासिल गरि सेमि फाइनल मा प्रबेश गरेका छन भने, उक्त खेलको फाईनल खेल भोलि सोही ठाउँमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search