झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नं १ साविक गोलधाप २ आश्रम टोलमा २५ बिघा जमिनलाई पुग्ने सिचाई मोटरको आज बिहिबार उद्द्घाटन भएको छ । भूमीगत सिचाई आयोजना माईधार गैडे संस्थाको आयोजनामा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवम पुर्व जलश्रोत मन्त्री राजेन्द्र प्रसाद लिङ्देनको विषेश पहलमा उक्त सिचाई मोटर जडान गरिएको उक्त संस्थाका अध्यक्ष धर्मराज सिवाकोटिले जानकारी दिए।
पुर्व जलश्रोत मन्त्री लिङदेनको उपस्थितिमा आज उद्द्घाटन भएको उक्त सिचाई मोटरले २५ बिघा जमिनलाई पर्याप्त मात्रामा पानी उत्पादन गर्न सक्ने र उक्त सिचाई मोटर २५ बिघा एरियामा जमिनमुनी बाट पाइप बिस्तार गरि कुल १७ वटा पोइन्ट रहने गरि राखिएको हुनाले कृषक उपभोक्ता हरुलाई पानीको लागि सहज हुनेभएको पनि उक्त संस्थाका अध्यक्ष धर्मराज सिवाकोटीले बताए।
२५ केबि क्यापासिटि भएको समर सेवल मोटलले ५ इन्च पानी फ्याल्ने पनि शिवाकोटीले जानकारी दिए ।
कुल ८० लाखमा समपन्न भएको उक्त सिचाई आयोजना यो भन्दा पहिले गोलधाप स्थित डाडा गाउँमा पनि ८० बिघा क्षेत्रफलमा संचालन भई सकेको र यो दोश्रो आयोजना पनि आज देखि समपन्न भई संचालनमा आएको उक्त संस्थाका अध्यक्ष सिवाकोटीले जानकारी दिएका छन । कृषक उपभोक्ता हरुले खपत विजुली महसुल बाहेक अन्य सेवाहरु पुर्ण निशुल्क रुपमा पाउने भएकाछन ।