झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नं १ गोलधाप स्थित परिवर्तन संघ झापाको आयोजना साथै स्वर्गिक मार्ग संघ गोलधाप इकाई संगको सहकार्यमा सात दिवसीय नि : शुल्क आमश स्वास्थ्य शिविर सात दिन सम्म संचालन भई आज बिहिबार सम्पन्न भएको छ । संघका सचिब अन्जना चाम्लिङले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य छत्र दिकुलिछाले गरेका थिए । समापनको औपचारिक कार्यक्रममा स्वागत नृत्य दिपिसा राईले प्रस्तुत गरेकी थिइन् ।
उक्त नि:शुल्क स्वास्थ्य शिविरमा सात सय सत्र जना बिरामीले सात दिनसम्म तेह्र सय सत्तरी पटक उपचार लिएका थिए । आजको समापन कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा रा.प्र. पा. का अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देन , बिशेष अतिथि स्वार्गिक मार्ग नारि संघका केन्द्रीय महासचिब रमा श्रेष्ठ, स्वार्गिक मार्ग संघ झापा जिल्ला का अध्यक्ष गजुरमान राई , वडा १ का वडा अध्यक्ष देवि बहादुर थापा साथै अन्य विभिन्न संघ संस्थाबाट उपस्थित भएका सामाजिक व्यक्तित्वहरु रहेका थिए ।
कार्यक्रम आगामी दिनमा निरन्तर गर्ने र एकदमै प्रभावकारि रहेको बताउदै परिवर्तन संघबाट केन्द्रीय सदस्य भिम राईले संघको लक्ष्य बारे प्रस्ट्याउनु भएको थियो । प्रमुख अतिथि क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा रा.प्र.पा. अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले उक्त सात दिवशिय आमश स्वास्थ् सिविरले गरेको सेवा प्रभावकारी रहेको र उक्त कार्यलाई सबैजनाले सहयोग गर्न अनुरोध गर्दै आगामी कार्यक्रममा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
अभिषेक गुरुबाट आषिस वचन राख्दै साङ्गेलामा गुरुबाट सामुहिक हिलिङ ध्यान गर्दै ब्लेसिङ वाटर वितरण गर्नु गरेका थिए। सभाध्यक्ष अन्जना कुवासुङद्वारा सम्पुर्ण सेवाग्राही र समग्रमा हल्दीबारीका सामाजिक व्यक्तित्व र सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त सभाको विर्सजन गरेका थिए ।