झापा। झापाको हल्दीबारी गाउँपालिका वडा नं ४ मंगलबारेबाट बडाबारी जोडने बाटो विगत ३वर्ष देखी निर्माण कार्य सुरू भएर समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय जनता आक्रोशित बनेर ठूला सवारीसाधन प्रवेश निषेध गरेका छन्।
प्रदेश योजना आयोगबाट बहुवर्षे योजनाका रूपमा ठेक्का लगाएको उक्त बाटो समयमै सम्पन्न हुन नसकेको हो।
बाटो निर्माण गर्ने ठेकेदार र कम्पनीलाई हल्दीबारी गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिहरूले बारम्बार ताकेता गरेपनि सुनुवाई नभएपछि केही दिन अघि अध्यक्ष सहितको टोलीले प्रदेश योजना आयोगलाई काम तुरून्त अघि बढाउन र नबढे योजना आयोगमा तालाबन्दी गर्ने सम्मको चेतावनी दिएका छन्।
बाटो निर्माण अलपत्र अवस्थामा भएका कारण मङ्गलबारे बडावारी सडक धुलोबाट आक्रान्त भएकाले स्थानीयले ठुला सवारीसाधन लाई रोक लाउनेगरी सडक अवरोध गरीएको स्थानीयले जानकारी दिएका छन्।
यो सडक मंगलबारेबाट बडाबारी हुदैँ घेराबारी सम्म जाने मुख्य बाटो हो।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026