महिला सशक्तीकरणका लागि हल्दीबारी २ मा सिलाइकटाई तालिम सुरू

झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नं २ ले महिलाहरुलाई सशक्त बनाउन लागि आज चैत्र ४ गते देखि तीन महिना सम्म संचालन हुनेगरी निशुल्क सिलाई कटाई तालिमको शुभारम्भ गरेको छ।


हल्दीबारी समावेसी युवा महिला संस्थाको आयोजना तथा हल्दीबारी गाउँपालिका वडा नं २ को संयोजकत्वमा उक्त तीन महिने सिलाई कटाई तालिमको संचालन गरिएको हो । हल्दीबारी समावेसी युवा महिला संस्थाकी अध्यक्ष सरस्वती चम्लागाईको अध्यक्षतामा समपन्न भएको उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथी वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी लगायत वडा सदस्य रचना कुलुङ, विष्णु व राई, अम्बिका तोलाङ्गी लगायत पुर्व वडा सदस्य खगेन राजवंशी , महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा, रोजगार संयोजक सपना न्यौपाने , प्रशिक्षक अम्बिका सुनदास, शारदा चम्लागाई लगायत रहेका थिए ।

हल्दीबारी गाउँपालिका वडा नं २ को सभाहलमा आज एक औपचारीक कार्यक्रम गरि सिलाई कटाई कार्यक्रमको समउद्द्घाटन गरिएको थियो ।
वडा नं २ को आ.व ०८१/८२ को बजेट मार्फत महिलाहरुको सीप तालिमका लागि छुट्टाईएको रु एक लाख पचास हजार रुपैया बाट उक्त कार्यक्रम संचालन गरिएको र उक्त तालिम पश्चात् तालिम सिकेका महिला दिदी बहिनी हरुको लागि ५०% साझेदारी मार्फत सिलाई मेसिन समेत दिइने वडा अध्यक्ष सुकलाल राजवंशीले बताए ।

आधुनिक युगमा महिला हरुको सशक्तिकरण र सीप विकासको लागि तालिमको आयोजना गरिएको र यस्तै सीप मुलक कार्यक्रम भावी दिनहरुमा  पनि गर्दै जाने वडा सदस्य अम्बिका तोलाङ्गीले बताइन ।
औपचारिक कार्यक्रमको सहजीकरण शारदा चम्लागाईले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search