झापा। हल्दीबारी गाउँपालिका वडा नं ४ मंगलबारे निवासी मृगौला पीडित गिता रेग्मीलाई देश विदेशमा बस्ने नेपाली दाजुभाई र दिदीबहिनीबाट संकलन गरिएको सहयोग रकम आज उनकै घरमा पुगेर हस्तान्तरण गरिएको छ।
विगत केही महिना अघिदेखि दुवै मृगौला पीडित बनेपछि आर्थिक अवस्था कमजोर रहेकी रेग्मीले झापा न्युज डट कम मिडिया मार्फत सहयोगको अपिल गरेकी थिइन्।
भिडियो प्रसारण भएपछि हल्दीबारी ४ हाल कुवेतमा कार्यरत सागरजंग क्षेत्रीले सहयोग संकलन अभियान चलाएका थिए।
अभियान सुरु भएपछि देशविदेशमा रहेका सहयोगी नेपाली दाजुभाई र दिदीबहिनीहरुले यथासक्य सहयोग गरेर संकलित २ लाख ६४ हजार ४ सय ४१ रूपैयाँ आज हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं १का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू भावना दाहाल, शान्ता शिवाकोटी, वडा सदस्य सुरेन्द्र बाराकोटी, समाजसेवी एकराज रानामगर, अनिल चौहान,अविशेक खतिवडा, सन्जु चुडाल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । आफ्नो जिवन बचाउन स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णमा गिता रेग्मीले आभार प्रकट गर्दै सबैको सहयोगको कारण स्वास्थ्यमा सुधार भएको जानकारी गराएकी थिइन्।