हल्दीबारी ४ मा संचालित आ. म. श शिविर सम्पन्न,९ सय भन्दा धेरैले लिए उपचार सेवा

झापा। हल्दीबारी गाउँपालिका वडा नं ४ मा ७ दिने आ म श शिविर आज समापन भएको छ।परिवर्तन संघ झापाको आयोजना साथै स्वर्गिक मार्ग संघको सहकार्यमा संचालित  नि : शुल्क आ म श स्वास्थ्य शिविर  आज सातौ  सम्पन्न  भएको हो ।


परिवर्तन संघकी अध्यक्ष अन्जना राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने विशिष्ट अतिथीहरूमा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा सदस्यहरू भावना दाहाल, शान्ता गहतराज र सुरेन्द्र बाराकोटी,परिवर्तन संघका केन्द्रीय सदस्य रमेश नाल्बो, झापा जिल्ला अध्यक्ष गजुरमान राई, गुरु साङ्गे लामा लगायत रहेका  थिए भने स्वागत मनुसा लिम्बुले गरेकी थिइन्।

उक्त नि:शुल्क स्वास्थ्य शिविरमा ९ सय २२ जना बिरामीले  २ हजार ७८ पटक उपचार सेवा लिएका थिए । समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथि लिङदेनले विशुद्ध सेवा भावले गरिएको पवित्र कर्म भन्दै आगामी दिनमा वार्षिक कार्यक्रम मै यो कार्यक्रम समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। यसैगरी उपाध्यक्ष मैनालीले पछिल्लो समयमा विभिन्न रोगका कारण धेरैलाई अप्ठ्यारो परिरहेको बेला प्राकृतिक पद्वतिद्वारा गरिने उपचार लाभदायी रहेको र आफूले पनि सेवा लिएर सन्तुष्ट भएको बताएकी थिइन्।यसैगरी वडा अध्यक्ष थापाले आफ्ना वडाका बुवाआमा, दाजुभाई र दिदीबहिनीहरुलाई प्राकृतिक उपचार सेवा मा सहभागी गराउन पाउदा खुशी लागेको र धेरैले आगामी दिनहरुमा पनि यस्ता रचनात्मक कार्यक्रम ल्याउन आग्रह गरेका कारण वडाका वार्षिक कार्यक्रममै समावेश गरेर ल्याउने प्रतिबद्धता जनाएका थिए।
बुवाआमाहरूको खुशी नै आफ्नो खुसी र सेवा नै धर्म भन्दै भौतिक विकाससँगै जनतालाई यस्ता प्रत्यक्ष प्रभाव पर्ने कार्यक्रम ल्याउन आफु पछि नहट्ने बताएका थिए।
यसैगरी थापाले हाल सम्म गरेका कार्यक्रमहरूमा यो पनि एक उत्कृष्ट कार्यक्रम भएको बताए। निशुल्क संचालन भएको शिविरलाई वडा बाट २५ हजार सहयोग गर्ने घोषणा समेत गरेका थिए।
शिविरमा हातखुट्टा, जोर्नी, टाउको दुख्ने,पेट दुख्ने लगायत समस्याहरूको सहज र सरल तरिकाले उपचार सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको सहजीकरण स्वर्गिक मार्ग संघकी अध्यक्ष अन्जना राईले गरेकी थिइन् भने गुरु साङ्गे लामाले ध्यान विधिबाट सामुहिक उपचार गराएका थिए।

कार्यक्रममा वडा परिवारले सम्पूर्ण टिमलाई मायाको चिनो वितरण समेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search