झापा। अपाङ्गता भएका व्यक्तिहरूको मिलिजुली समुहलाई बचत ,ऋण व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी दुई दिवसिय तालिम आज हल्दीबारी गाउँपालिकामा सम्पन्न भएको छ ।
पालिका भित्रका ५ वटैका वडाका मिलिजुली समुहका पदाधिकारीहरूको सहभागिता रहेको तालिममा समुह कसरी संचालन गर्ने ?बचत कसरी गर्ने? नेतृत्व तथा व्यक्तित्व कसरी विकास गर्ने लगायतका विषयमा छलफल तथा अन्तक्रिया गरिएको थियो।
हल्दीबारी गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्ती र पूर्ण अपाङ्ग ता भएकाको परिवारका सदस्यहरू मिलिजुली समुहमा आवद्व रहेका छन्।
पहिलो दिनको कार्यक्रमको सहजीकरण प्रशिक्षक खडगबहादुर थापाले गरेका थिए।
अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तित्व विकास गरी समुहगत रूपमा गर्ने, थोरै थोरै बचत गरेर आर्थिक रूपमा सबल बनाउन अव सहकारीको रूपमा विकास गर्ने योजना रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा ले प्रष्ट पारेकी थिइन।
कार्यक्रममा योजना शाखा प्रमुख राजन न्यौपानेले समुहको आवश्यकता , बचतको महत्व लगायतका बारेमा जानकारी गराएका थिए।
तालिममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,कार्यपालिका सदस्य शान्ता शिवाकोटी लगायतको उपस्थिति रहेको थियो।