बाह्रदशी वडा नं ३ मा देवी तथा शिव मन्दिरको राजेन्द्र लिङदेनद्वारा शिलान्यास

झापा। झापाको बाह्रदशी गाउँपालिका वडा नं ३ पनेरू गाउँमा देवी शिव मन्दिरको झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र लिङदेनले शिलान्यास गरेका छन्।
धेरैवर्ष अघि त्यहाँ मन्दिर रहेपनि माओवादी द्वन्दकालमा मन्दिरमा क्षति पुगेपछि पुन नयाँ निर्माण गर्न लागिएको स्थानिय समाजसेवी जिवन पनेरूले बताए।

मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै लिङदेनले धर्मरक्षार्थ सबै एकैठाउँ हुने समय आएको भन्दै देश र धर्मलाई शिरमा राखेर हिड्न पर्ने बताए। यसैगरी उनले थोरै बजेटबाट सुरू भएको मन्दिर जसरी पनि पुरा हुने र आफ्नो तर्फबाट सकेको पहल गर्ने धारणा राखेका थिए।

मन्दिर निर्माणार्थ बाह्रदशी गाउँपालिका कार्यालयबाट २ लाख बजेट विनियोजन भएको छ बाकीँ रकम जनश्रमदान र दाता खोजेर गर्ने लक्ष्य लिएको छ।

मन्दिर निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद पनेरूको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी वडा नं ३ वडा अध्यक्ष टंक शाह, हल्दीबारी वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा,वडा सदस्य प्रकास कार्की लगायत स्थानियको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search