बाह्रदशी वडा नं ५ को प्रशासनिक भवन उद्घाटन , जग्गादाताहरूलाई सम्मान

झापा। बाह्रदसी गाउँपालिका वडा नं ५ को प्रशासनिक भवन आज एक विशेष कार्यक्रमका बिच उद्घघाटन भएको छ ।
वडा नं ५ का वडा अध्यक्ष विरबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन रहेका थिए।


यसैगरी बाह्रदशी गाउँपालिका अध्यक्ष देवेनद्र चम्लागाई,उपाध्यक्ष शान्ता खरेल,प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा कार्यालय बनाउन ३ कठ्ठा जग्गादान गर्ने रणबहादुर कार्की ,घोडामारा स्वास्थ्य चौकीलाई १ कठ्ठा जग्गादिने देवीबहादुर चौहान र बुधबारे खोप केन्द्रलाई २ कठ्ठा जग्गादान गर्ने डिल्लीराम खनाललाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले जग्गादाताहरूप्रति सम्मान व्यक्त गरेका थिए भने कार्यालयबाट सेवाग्रहीले चुस्तदुरूस्त सेवा प्राप्त गर्ने वातावरण वन्ने विश्वास व्यक्त गरेका थिए।
वडा सदस्य जय तिम्सिनाले स्वागत गरेको कार्यक्रम जिन्सी शाखा प्रमुख राजु गिरीले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search