कृष्णसागर अङग्रेजी विधालयद्वारा नतिजा प्रकाशन तथा स्वस्यसेविका सम्मान

झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा न ४ अवस्थित कृष्णसागर इङ्गलिश  स्कुलले आज मिति २०८१ चैत २२ गते शुक्रबारको दिन स्वयंसेविका सम्मान,आफ्ना कक्षा ८ का विधार्थी हरुलाई विदाई कार्यक्रम र वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरि भब्यताको साथ समपन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद कार्कीको अध्यक्षता समपन्न भएको उक्त कार्यक्रमको  प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिंङदेन तथा विशिष्ट अतिथि हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी मैनालीको उपस्थितिले कार्यक्रममा चारचाँद लगाएको थियो । साथै, वडाका जनप्रतिनिधिहरू, शिक्षा शाखा समन्वय कर्ता दुर्गा प्रसाद अधिकारी, उप स्वास्थ्य चौकी जलथलका इन्चार्ज  माधवप्रसाद यादव लगायतका अतिथिहरूले पनि सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्गदेन ले गर्नुभएको थियो भने कार्यक्रम को संचालन कक्षा ७ लि छात्रा युनिसा न्यौपानेले गरेकी थिइन् । स्वागत मन्तव्य सह प्रिन्सिपल योगेश कार्कीले राख्नुभएको कार्यक्रमको औचित्यबारे विद्यालयका प्रिन्सिपल श्री नितेश खरेलले आफ्ना मन्तव्यमा विद्यालयले विगत वर्ष गरेको सफलताको चर्चा गर्दै भविष्यका योजनाहरू र आगामी दिनहरूमा थप प्रगतिको कामना व्यक्त गरे। प्रमुख अतिथि ज्यू श्री रविन्द्र प्रसाद लिंगदेनज्यूले विद्यालयको प्रगति र उन्नतिको विषयमा चर्चा गर्नुभएको थियो भने स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम यस विद्यालयले गरेकोमा अत्यन्तै प्रशंसा गर्नुभएको उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका शिक्षा शाखाका सहजकर्ता दुर्गा प्रसाद अधिकारीज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कक्षा आठबाट 3.2 देखि 3.97 सम्म जिपीए ल्याएर सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएकोमा बधाई तथा शुभकामना पनि दिनुभएको थियो भने उक्त कार्यक्रममा छोटो समयमा विद्यालयले गरेको प्रगति,उन्नति र स्वास्थ्य स्वयंसेविकालाई संस्थागत विद्यालय भएतापनि सम्मान गरेकोमा विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको जलथलका स्वास्थ्य चौकीका इन्चार्ज माधवप्रसाद यादवले आफ्नो मन्तव्यमा राख्नुभएको थियो।

उक्त विधालयले समाजमा स्वास्थ्य स्वयंसेविकाहरूको अतुलनीय योगदानलाई पहिलोपटक साबिक जलथल गा.वि.स. का १२ जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ,प्रमाणपत्र र नगद सहित सम्मानित गरेको थियो। संस्थागत विद्यालय भए तापनि स्वास्थ्य स्वयंसेविकाहरूलाई विद्यालयको दुई महत्वपूर्ण पाटाको रूपमा मान्यता दिइएको थियो। उहाँहरूले सानासाना बालबालिकाहरूलाई आवश्यक स्वास्थ्य सेवाहरू र जनचेतनाका कार्यक्रमहरू उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भन्ने तर्क पनि राखिएको थियो ।

कार्यक्रमलाई अझ मनमोहक बनाउन विद्यार्थीहरूले विविध गायन प्रस्तुत गरेर मन रमाइलो पारेका थिए। यसरी, एक सफल र प्रेरणादायी समारोहको माध्यमबाट विद्यालयले शिक्षा र समाजसेवामा समर्पित आफ्ना योगदानकर्ताहरूलाई सम्मान गर्दै नयाँ योजनाहरूको घोषणासँगै भविष्यका लागि उन्नतिको दिशातर्फ एक सकारात्मक पाइला बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search