झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका का अध्यक्ष राजेन्द्र लिङदेनले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि राप्रपा सडकदेखि सदन सम्म आन्दोलन गर्न तत्पर रहेको र अव वारपारको आन्दोलन हुने जिकिर गरेका छन्।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन हल्दीबारीले आयोजना गरेको नववर्षको शुभकामना आदान प्रदान कार्यक्रम झापा आएका लिङदेनले
जिल्ला देखि केन्द्र सम्म आन्दोलनको लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।
ठुला दलका नितिगत भष्ट्रचारका कारण दिनप्रतिदिन नेपालीहरूका शिरमा ऋणको भारी बढेको भन्दै भष्ट्रचारको अन्तयका लागि राप्रपाका एजेण्डामा साथ दिन सबैलाई आग्रह गरेका थिए।
महिला संगठन कि अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष माननिय राजेन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, कोशी प्रदेश सचिव कुमार भट्टराई, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश सदस्य टिका राउत,जिल्ला उपाध्यक्ष सिता लम्साल, जिल्ला कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, रा प्र म सं जिल्ला अध्यक्ष शारदा रिजाल, रा प्र म. सं जिल्ला उपाध्यक्ष झुमा दाहाल,रा प्र म सं जिल्ला सचिव शिखा खड्का गणेश,क्षेत्र नं ३ को क्षेत्रिय अध्यक्ष तुलसादेवी आचार्य, क्षेत्रिय सचिव खिवराज भट्टराई, क्षेत्रिय सदस्य बम ब. कन्दङ्वा,प्रदेश ख अध्यक्ष एवं हल्दीबारी गा पा अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रदेश ख सदस्य देवी ब थापा , क्षेत्रिय युवक संगठन अध्यक्ष एवं हल्दीबारी गा पा वडा नं ४ का वडाअध्यक्ष सन्त कुमार थापा लगायतको आतिथ्यता रहेको थियो।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा
कार्यक्रममा अनिल चौहान, एकराज राना मगर, रविन्द्र लिङदेन, शारदा रिजाल, टिकादेवी राउत,केशव ओझा लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको अन्तयमा बोल्दै महिला संगठन कि अध्यक्ष शान्ता शिवाकोटीले महिलाहरू पनि हरेक क्षेत्रमा नेतृत्व लिन सक्ने बताउदै संगठनका सबैलाई पार्टीका हरेक कार्यक्रममा अर्थपूर्ण सहभागिताका लागि अनुरोध गरेकी थिइन।
संगठन कि उपाध्यक्ष शारदा लिङदेनले स्वागत गरेको कार्यक्रम देवीका अधिकारीले संचालन गरेकी थिइन्।