झापा। हल्दीबारी गाउँपालिकाले मेचे समुदायका महिलाहरूलाई लक्षित गरेर संचालन गरेको चुरापोते माला बनाउने १० दिवसिय तालिम आज समापन भएको छ।
लोपोन्मुख मेचे समुदायका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन तालिम आयोजना गरिएको हो।तालिममा कृष्टल,पोते ,माला लगायत तयार पारिएको थियो।तालिममा २० जना महिलाहरू सहभागी भएका थिए भने प्रशिक्षक कुमारी चेम्जोङ रहेकी थिइन।
कार्यपालिका सदस्य आयुषा मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,वडा अध्यक्ष सन्तकुमार थापा ,कार्यपालिका सदस्य भगिरथा दाहाल, शान्ता शिवाकोटी, वडा सचिव जयप्रसाद पोखरेललगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले सिकेको सिपलाई रोजगार सँग जोडेर लान पर्ने धारणा राखेका थिए।
यसैगरी वडा अध्यक्ष थापाले महिलाहरू आत्मनिर्भर हुन सकुन भनेर प्रत्यक्ष रोजगार हुने तालिम ल्याइएको र व्यक्तिगत वा सामुहिक रूपमा भएपनि व्यवसायिक हुन आग्रह गरेका थिए।
कार्यक्रम संचालन महिला बालबालिका शाखा प्रमुख तृष्णा थापाले गरेकी थिइन।