हल्दीबारी वडा नं १ र ५ जोडने भुतेनीपुल,राजेन्द्र लिङदेनद्वारा उद्वाटन

झापा, हल्दीबारी गाउँपालिका वडा नं ५ र १ जोडने पक्की पुल आज एक समारोहका विच झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र प्रसाद लिङदेनले उद्घाटन गरेका छन्।
वि सं २०७९ कार्तिक ७ गते सम्झौता भएको पुल को निर्माण कार्य  सम्पन्न भएको हो।


४२ .७ मिटर लम्बाई र ७.२ मिटर चौडाइ भएको पुल सारा सृष्टि निर्माण सेवा प्रा लि ले निर्माण गरेको हो।
हल्दीबारी गाउँपालिका का भुतेनीमा १ र भुसुडीमा २ गरी एकैसाथ ३ वटा पुल शिलान्यास गरिएको थियो भने ४ करोड ९६ लाख ८५ हजार ९ सय रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।यो पुल २ करोड ३० लाख लागतमा सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र ले जानकारी दिए।
अन्य २ वटा पुल पनि निर्माणको अन्तिम चरणमा पुगेका छन्।
हल्दीबारी गाउँपालिकाकै बजेट व्यवस्थापनमा बनाइएको पुल संचालन भएपछि यहाँका स्थानिय संगै छिमेकी पालिकाका स्थानीय पनि लाभान्वित हुनेछन्।
प्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र लिङदेनले रिवन काटेर पुलको उद्वाटन गरेका थिए।
उद्वाटन पश्चात कार्यक्रममा बोल्दै लिङदेनले गाउँपालिकाको काठेपुल मुक्त बनाउने लक्ष्य अनुसार समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए भने सिमित स्रोत भएको पालिकाले आफ्नै लगानीमा यति ठूलो कार्य सम्पन्न गरेपछि जनप्रतिनिधिहरु र कर्मचारी इमान्दार भए विकास सम्भव भएको उदाहरण दिएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ५ का वडा अध्यक्ष खड्गबहादुर लावती, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा लगायत कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहित स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले सिमित बजेट भएपनि विकास निर्माणका क्षेत्रमा पालिका सदैव अघि रहेको धारणा राखेका थिए। ७ वर्षमा १५० काठेपुल,बासेपुल,कल्भर्ट लगायत विस्थापित गरिएको र पक्का पुल, कल्भर्ट बनाइएको बताउदै बाकी रहेका काम पनि गर्दै जाने बताए।

राजनितिक दलका प्रतिनिधिको तर्फबाट बोल्दै नेकपा एमालेका गाउँकमिटि अध्यक्ष त्रिलोचन सापकोटाले विकासका कार्यमा हल्दीबारीले फडको मारेको धारणा राखेका थिए।


पुलको लागत लगायतका विषयमा प्रमुख प्रशासकिय अधिकृत वनले प्रष्ट पारेको कार्यक्रम योजना शाखा प्रमुख राजन न्यौपानेले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search