हल्दीबारी ५ का ३ स्थानमा पेवर्स निर्माण, राजेन्द्र लिङदेनद्वारा शिलान्यास

झापा। हल्दीबारी गाउँपालिकाले विकास निर्माणका कार्यलाई पहिलो प्राथमिकता राखेर कार्य अघि बढाएको छ । यसैक्रममा आज वडा नम्बर ५ का ३ स्थान सातघरे दक्षिण विश्रामघाट सडक, वडा नम्बर ५ को कार्यालय जाने सडक र कन्चनश्री बजार क्षेत्रमा पेवर्स जडान को कार्यक्रमको एकैपटक शिलान्यास भएको छ ।पूर्व उपप्रधान,जलस्रोत तथा उर्जामन्त्री एवंम प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र लिङ्देनले शिलान्यास गरेका छन। (शनिवार) उक्त पेवर्स जडान योजनाको शिलान्यास गरेका हुन् ।

हल्दीबारी गाउँपालिकाको आयोजनामा सम्पन्न हुने तीन वटा योजनाको संयुक्त रुपमा उद्घाटन गरिएको छ । हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले उक्त आयोजनाको बारेमा प्रकाश पारेका थिए ।

उनले सातघरे दक्षिण विश्रामघाट सडक २२५ मिटर प्लमसहित ३७ लाख ८४ हजार ५७०, वडा नम्बर ५ को कार्यालय जाने सडक ३३५ मिटर प्लमसहित ५८ लाख ७ हजार ९२० रुपैयाँ र कन्चनश्री बजार क्षेत्र व्यवस्थापन १० लाख ८४ हजार ७ रुपैयाँ गरेर जम्मा एक करोड ८ लाख ३५ हजार ३८६ रुपैयाँ ५५ पैसामा ठेक्का सम्झौता भएको बताए ।

उनका अनुसार बजेटको स्रोत हल्दीबारी गाउँपालिका रहने गरी शिव शिवालय कन्स्ट्रसन प्रालि बिर्तामोड–४ लाई आगामी माघ २९ गतेसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले हल्दीबारीमा हुने विकास योजनाहरुको अनुगमन गरिदै आएको र आगामी दिनमा पनि गर्ने र उक्त योजनाहरु समयमै सक्ने पहलकाका लागि प्रतिवद्धतासमेत जनाए ।

स्वागत हल्दीबारी–५ का वडाध्यक्ष खड्क लावतीले गरेको कार्यक्रममा प्रमुख अतिथि लिङ्दनेले आफ्नो भनाई राखेका थिए । उनले हल्दीबारी गाउँपालिकाले भौतिक निर्माण कार्यलाई तीब्रता दिदै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई आफु सकेको सहयोगका लागि पहल गर्ने बताए ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दीबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू, वडा सदस्हरू, संचारकर्मी , प्रहरी र स्थानीयलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिकाकी संचारकर्मी देवीका अधिकारीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search