बिर्तामोडमा महिला सशक्तिकरण सम्बन्धी तालिम सम्पन्न

झापा।बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा आयोजित महिला सशक्तिकरणसम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकी अध्यक्षता संस्थाकी अध्यक्ष विमला प्रधानले गरेकी थिइन भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख पवित्रा महत्तरा प्रसाईंको उपस्थिति रहेको थियो।

कार्यक्रममा सचिव चन्दकला रिजाल भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन।संस्थाका सल्लाहकार सीता दंगालले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन भने कार्यक्रमको औचित्यमाथि प्रकाश यशोदा प्रसाईंले गरेकी थिइन।

प्रमुख प्रशिक्षक अधिवक्ता कविता बास्तोला पाठकले महिला अधिकार, कानुनी शिक्षा र नेतृत्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिएकी थिइन।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पवित्रा महत्तरा प्रसाईंसहित सुगम शान्ति टोल सुधार समिति संरक्षक तथा नेकपा (एमाले) नगर अध्यक्ष सुभाष भट्टराई, बिनपा–६ का जनप्रतिनिधि गीता रेग्मी, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, बिर्तामोड वाणिज्य महिला संघकी अध्यक्ष राधिका चुडाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न समुदायका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो भने महिलालाई सामाजिक, आर्थिक र कानुनी रूपमा सक्षम बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search