जलथल वनमा दुर्लभ रूपमा भेटियो कछुवाको एक प्रजाति

झापा।जलथल चारकोशे वनमा कछुवाको एक  प्रजाती  दुर्लभ रूपमा फेला  परेको छ।
हल्दिबारि ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूह का उपभोक्ता विवेक बास्तोला ले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा  उक्त कछुवा फेला पारेका हुन । असार १ गते विहानको समयमा उनले उक्त कछुवा भेटिए लगत्तै आफ्नो समुदायिक वन समूह लाइ खबर गरेका थिए । नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोजअध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवा जसलाइ स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल (Lissemys punctata andersoni) भनेर चिनिन्छ ।यसलाइ पाकिस्तान देखि म्यानमार सम्म र सम्पूर्ण प्रायद्विपीय पाइने एक सौफ्टशेल कछुवा हो ।यो नेपालका तराइ क्षेत्रहरुमा लगभग ४०० मिटर उचाइ सम्म पाइएता पनि यस प्रजातीमा क्रोमेटिक ल्युसिज्म देखिनु अत्यन्त दुर्लभ हो ।सुब्बाका अनुसार यो अति  कछुवाको यो क्रोमेटिक ल्युसिज्म दुर्लभ रूप (पहेलो)    नेपाल बाट दोश्रो  पटक अभिलेख हुन सक्ने कुरा जानकारि गराए ।यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो।

Advertisement

सम्भवत: प्रकृतिमा तिव्र नकारात्मक चयन दवाब को कारणले हुन सक्ने सुब्बाले बताए।(वास्तविक रूप)

सुब्बाले नै फरेष्ट एक्सन नेपालको अध्ययनका क्रममा जलथल वनमा यो कछुवाको प्रजाती अभिलेख गरेका थिए  यो रूपमा भने भेटिएको थिएन।  हाल उक्त कछुवालाइ पाथिभरा कालिका सामुदायिक वन मार्फत जलथल सब डिभिजन वन कार्यालय ,रँगीयाडाँडाँ का कर्मचारिलाइ बुझाइएको कुरा समुहका सह- सचिव भरत ढकालले जानकारि दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search