हल्दीबारी गाउँपालिकाद्वारा ५ जना उत्कृष्ट कृषक सम्मान

झापा। हल्दीबारी गाउँपालिकाले कृषि कर्म गर्ने ५ जना उत्कृष्ट किसानहरूलाई एक कार्यक्रमका बिच सम्मान गरेकोछ । भिन्न भिन्न कृषि कर्ममा संलग्न कृषकहरूबाट छनौट गरेर उत्कृष्ट कृषक सम्मान गरिएको हो ।पुरस्कार लिनका लागि आवश्यक मापदण्ड सहित सुचना जारी गरेर पालिकाले निवेदन माग गरेको थियो र कुल १२ वटा निवेदन मध्ये मापदण्ड का आधारमा छनौट गरेर प्रतिव्यक्ती नगद रू १० हजार र कदरपत्रले सम्मान गरिएको थियो।


सम्मानित हुनेमा विष्णुप्रसाद भण्डारी खाधान्न बाली,लयप्रसाद पाठक तरकारी बाली,रत्नबहादुर भारती गाईभैसी पालन,मोनिका तामाङ्ग बंगुरपालन र गोमा गौतम घाँस खेतीमा उत्कृष्ट ठहरिएका थिए।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू र कृषकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पहिलो पटक कृषकहरूलाई यसरी सम्मान गरिएको र अव यसलाई निरन्तरता दिने बताए।यसैगरी उपाध्यक्ष मैनालीले कृषकहरूलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम गरिएको बताइन्।
हल्दीबारीको मुख्य पेशा नै कृषि भएको र कृषकहरूलाई आगामी दिनमा उत्पादनमा थप हौसला मिलोस् भनेर सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत वनले वताए।कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search