पाथीभरा कालीका वन समुह हल्दीबारी द्वारा महेन्द्र मा वि मा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

झापा। श्री पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समुह हल्दीबारी ४ ले महेन्द्र माध्यमिक विधालय हल्दीबारी ४ का विधार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ।

विधार्थीहरूको शैक्षिक गुणस्तर उकास्न तथा खेलकुद क्षेत्रमा अघि बढ्न सहज होस् भन्ने उद्देश्यका साथ सामाग्री हस्तान्तरण गरिएको हो। वन उपभोक्ता समुहले प्रत्येक वर्ष विधार्थीहरूका लागि यस्ता विशेष कार्यक्रमहरू गर्दै आएको छ।कार्यक्रममा विधार्थीहरूका लागि फुटबल, भलिवल, लुडो, व्याडमिन्टन लगायतका सामाग्री वितरण गरेको थियो।पाथीभरा कालीका वन समुहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा  हल्दीबारी  वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा वडा सदस्य सुरेन्द्र बाराकोटी, विधालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्य, प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, पूर्व विधार्थी समाजका अध्यक्ष पुष्पराज निरौला लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वन समुहको यो कार्य अति महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिएका थिए। यसैगरी शैक्षिक क्षेत्र सुधारका लागि वन समुह र वडाले साझेदारीमा अन्य कार्यक्रम गर्ने प्रतिबद्वता जनाएका थिए।

यसैगरी वन समुहका अध्यक्ष पोर्तेलले सामाजिक उत्तरदायित्व वहन गर्दै विधालयका विधार्थीहरूलाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। समुहले यसअघि पनि विधार्थीहरूका लागि विधालय पोशाक, झोला हस्तान्तरण गरेको थियो । उपाध्यक्ष सर्मिला लामिछानेले स्वागत गरेको कार्यक्रम   संचालन सचिव सालिकराम पराजुलीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search