कोशी प्रदेशको बजेट २५ प्रतिशत कटौती

२७ असोज, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट २५ प्रतिशत कटौती गर्ने भएको छ ।

Advertisement

जेनजी आन्दोलनपछिकोपुनर्निर्माण र प्राकृतिक विपद् पछिको पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ प्रतिशत बजेट कटौती गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्न ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका ईन्द्र सापकोटालाई खटाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search