

झापा बिर्तामोड
— दशैँ, तिहार र छठ पर्वको अवसरमा डिसहोम नेपालले सार्वजनिक गरेको बम्पर उपहार योजनामार्फत बाह्रदशी गाउँपालिका–स्थित बुधबारे निवासी ७१ वर्षीय मेघनाथ तामाङले थाइल्यान्ड ट्रीप जित्न सफल भएका छन्।
बिर्तामोडस्थित डिसहोमको आधिकारिक डिलर अनुशिल ट्रेडमा आज आयोजित सम्मान कार्यक्रमका बीच तामाङलाई उपहार विजेता घोषणा गरिएको हो। सम्मान कार्यक्रममा बोल्दै तामाङ र उनकी छोरीले यस्तो अवसर पाउँदा अपार खुशी र उत्साह व्यक्त गरेका थिए।

कार्यक्रममा डिसहोम नेपालका क्षेत्रीय प्रबन्धक बिपिन्द्र न्यौपाने, मार्केटिङ अफिसर सौभाग्य प्रधान, मेची सेल्स इन्चार्ज दिपक अधिकारी, सर्विस सेन्टर सुपरभाइजर तुलसा बस्नेत, अनुशिल ट्रेडका प्रोप्राइटर राजेन्द्र थापा, डिसहोम झापाका डिलर दाइ हरि श्रेष्ठ लगायतका प्रतिनिधिहरूले तामाङलाई दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए।

बम्पर उपहारमार्फत थाइल्यान्ड टूर जितेका तामाङले ४ दिन / ५ रातको निशुल्क भ्रमण गर्ने अवसर पाउने छन्। डिसहोमले आफ्नो उपहार योजनाले ग्राहकबीच अझ बढी विश्वास र उत्साह जागृत गरेको जनाएको छ।






