

झापा
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १:०० बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको छ।
प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिवेशबारे विश्लेषण गर्दै पार्टीको आगामी कदम र रणनीति कोर्ने, चाँडै बस्न लागेको केन्द्रीय समिति बैठकका एजेन्डा मिलाउने, साथै पार्टीभित्रको आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै अधिवेशन प्रक्रियालाई गति दिने विषयमा छलफल हुनेछ।
यसबाहेक, एजेन्डा–केन्द्रित कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, आकस्मिक रूपमा चुनावको सम्भावना देखिएमा त्यसका लागि आवश्यक तयारी कस्तो हुने भन्ने विषयमा पनि बैठकले ध्यान केन्द्रित गर्ने बताइएको छ।





