हल्दीबारी गाउँपालिका वडा नं २ र ३ लाई जोड्ने भुसुडी खोलाको पक्की पुल औपचारिक रुपमा उद्दघाटन

झापा हल्दीबारी

Advertisement
। हल्दीबारी गाउँपालिका वडा नं २ र ३ को सिमानामा पर्ने माथिल्लो भुसुडी खोलाको पक्की पुल आज गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा उद्वाटन गरेका छन्।

गाउँपालिकाको एक करोड ३० लाख बजेटमा निर्मित पक्की पुल २६.८० मिटर लम्बाइ रहेको छ भने ७. ५ मिटर चौडाई रहेको छ।

उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, नेपाली कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई, नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा लगायतका राजनीतिक तथा सामाजिक अगुवाहरूले पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक आवागमन, सेवा–सुविधा पहुँच र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न राजनितिक दलका प्रतिनिधिहरू, वन समुहका अध्यक्षहरू, सुरक्षाकर्मी, संचारकर्मी , शिक्षकहरू,स्थानियवासी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले स्वागत मन्तव्य राख्दै पुल निर्माणको आवश्यकता, महत्व तथा लागतसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search