सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रम आज हल्दीबारी गाउँपालिकामा सम्पन्न भएको छ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जादा के कसरी जाने,वैदेशिक रोजगारीमा गएका मानिसहरूको रोजगारको अवस्था के कस्तो छ ? के के कुरा ध्यान पुय्राएर जादाँ अप्ठयारो स्थिति सिर्जना हुदैन लगायतका विषयमा छलफल गरिएको थियो।

पछिल्लो समयमा वैदेशिक रोजगारबाट आउने व्यक्तिहरु भन्दा पनि जाने व्यक्तिको सङ्ख्या बढि रहेको छ भने जिल्लाहरू मध्ये झापा जिल्लामा सबैभन्दा बढी व्यक्तिहरु रोजगारीमा गएको पछिल्लो तथ्यांकले देखाएको छ।
यधपी वैदेशिक रोजगारीमा सम्भावना सँगै उत्तिकै चुनौती पनि रहेको छ।कतिपय मानिसहरू शारिरिक सँगै मानसिक पिडामा समेत परेर फर्किएर आएका छन् ।त्यसैले वैदेशिक रोजगारमा जादा भाषा,
सिप सिकेर साथै श्रम गरेर जादा कानुनी रूपमा सजिलो हुने भएपनि कतिपय अवैधानिक बाटोबाट जाने गरेका कारण समस्यामा परेका छन्।यि र यस्तै विषयमा जनप्रतिनिधि मार्फत स्थानियलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन महेन्द्र, ३ नं वडाध्यक्ष बिष्णु प्रसाद ओली, ४ नं वडाध्यक्ष सन्त कुमार थापा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू लगायत विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।
शेखर बुढाथोकीले कार्यक्रम बारे प्रष्ट पारेका थिए भने कार्यक्रम संचालन हल्दीबारी गाउँपालिका कि रोजगार शाखा संयोजक सपना न्यौपानेले गरेकी थिइन्।





