हल्दीबारी गाउँपालिका स्तरिय बाल संजाल आज पुर्नगठन गरिएको छ।

बाल संजालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी,वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा , महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा लगायतको उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिमा अध्यक्ष प्रितम कार्की, उपाध्यक्ष सृष्टी पौडेल, सचिव पुष्पा दंगाल, सह -सचिव खुश्वु दंगाल र कोषाध्यक्षमा गंगा विश्वकर्मा चयन भएका छन् । यसैगरी सदस्यहरूमा
दिया पौडेल,सम्राट अधिकारी,करिना गौतम,विकास टुडु,अर्चना राई,जनक आचार्य,आकृति राजवंशी,निश्चल ढुङ्गाना,सन्धया रजक र समिप तामाङ्ग सदस्य चयन भएका छन् भने संरक्षक हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन रहेका छन्।
कार्यक्रममा अध्यक्ष पवन गिरीले २ वर्षको कार्यकालमा गरेका कामहरूको विवरण प्रस्तुत गरेका थिए।


नवगठित कार्यसमितिलाई पालिका अध्यक्ष लिङदेनले बधाई तथा शुभकामना दिएका थिए भने निर्वतमान अध्यक्ष पवन गिरीलाई उत्कृष्ट रूपले कार्यकाल पुरा गरेकोमा कदरपत्रले सम्मान गरिएको थियो।






